| Brand: | www.Supaidolbrand.com |
| Company: | घोडाघोडी पोल्ट्री प्रा.लि . |
उद्यमी: पहलवान देउवा
फर्म: घोडाघोडी पोल्ट्री प्रा.लि.
स्थान: घोडाघोडी नगरपालिका–८, फुलजोगी, कैलाली
व्यवसाय: पोल्ट्री, अण्डा उत्पादन, बाख्रा, बङ्गुर, माछापालन तथा विभिन्न कृषि उत्पादन
जमिन: करिब २२ बिघा लिजमा
प्रमुख उत्पादन: उखु, कागती, ड्रागन फ्रुट, बेसार, केरा, लोकल कुखुरा आदि
विदेशमा १५ वर्ष काम गरेपछि आफ्नै देशमा केही गर्ने संकल्पसहित फर्किएका पहलवान देउवा आज कृषि तथा पशुपन्छी क्षेत्रमा उदाहरणीय उद्यमी बनेका छन्। करिब ४ करोड रुपैयाँबाट सुरु भएको पोल्ट्री व्यवसायलाई विस्तार गर्दै उनले अहिले करिब १० करोड रुपैयाँको लगानीमा विभिन्न उत्पादनमूलक कृषि तथा पशुपन्छी व्यवसाय सञ्चालन गरिरहेका छन्। बाँझो जमिनलाई उत्पादनमा जोड्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र स्वदेशी उत्पादन बढाउने उनको अभियान प्रेरणादायी छ।
सम्पर्क नं. ९८५८४२५४१५