विदेशमा १५ वर्ष काम गरेपछि आफ्नै देशमा केही गर्ने संकल्पसहित फर्किएका पहलवान देउवा आज कृषि तथा पशुपन्छी क्षेत्रमा उदाहरणीय उद्यमी बनेका छन्। करिब ४ करोड रुपैयाँबाट सुरु भएको पोल्ट्री व्यवसायलाई विस्तार गर्दै उनले अहिले करिब १० करोड रुपैयाँको लगानीमा विभिन्न उत्पादनमूलक कृषि तथा पशुपन्छी व्यवसाय सञ्चालन गरिरहेका छन्। बाँझो जमिनलाई उत्पादनमा जोड्ने, स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने र स्वदेशी उत्पादन बढाउने उनको अभियान प्रेरणादायी छ।
एस.के. कृषि तथा माछापालन प्रा.लि. — व्यावसायिक माछापालन
एस.के. कृषि तथा माछापालन प्रा.लि. कैलालीमा सञ्चालित व्यावसायिक माछापालन फर्म हो। सञ्चालक कृष्ण गिरीले वि.सं. २०५४ सालदेखि माछापालन गर्दै आएका छन्। फर्ममा विभिन्न ११ प्रजातिका माछा उत्पादन तथा बिक्री हुँदै आएको छ। व्यवसायले स्थानीय रोजगारी सिर्जना गर्दै स्वदेशी माछा उत्पादनमा योगदान पुर्याउँदै आएको छ।
कैलालीका मयाराम जैसीले २०७३ सालमा तीनवटा भैँसीबाट सुरु गरेको पशुपालन व्यवसाय आज करोडभन्दा बढी लगानी भएको व्यावसायिक फार्ममा परिणत भएको छ। दैनिक ९०–१२० लिटर दूध उत्पादनसँगै स्थानीय किसानको दूध सङ्कलन गरी बजारमा बिक्री गर्दै आएका जैसीले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेका छन्।
मल्ल तरकारी तथा पशुपन्छी फर्म : आफ्नै माटोमा सम्भावना खोज्दै
डोटीको जोरायल–१, तिलाचौरका खडकबहादुर मल्लले सानो क्षेत्रफलमा गोलभेडा खेतीबाट सुरु गरेको कृषि यात्रा अहिले ३० रोपनीभन्दा बढी जमिन र करिब १० वटा कृषि टनेलसम्म विस्तार भएको छ। तरकारी खेतीसँगै बाख्रापालन र फलफूल खेती गर्दै आएका मल्लले स्थानीय स्तरमा ५–१० जनासम्म रोजगारीसमेत सिर्जना गर्दै आएका छन्।
भारतमा मजदुरी गरेको अनुभवलाई आफ्नै गाउँमा प्रयोग गर्दै मल्लले स्थानीय उत्पादन, रोजगारी र आत्मनिर्भरतालाई कृषि उद्यमसँग जोड्ने प्रयास गरिरहेका छन्। उनको उत्पादन किसानको मेहनत र स्थानीय माटोको उपज हो।